ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

अभिनेत्री महिमा सिलवाल हामीमाझ रहिनन् । उनको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले हानेको हो ।

सो घटनामा महिना र उनकी बहिनी दुबैले ज्यान गुमाउनु परेको छ । उनीहरुको शबलाई पोष्टमार्टममा पठाएको प्रहरीले जनाएको छ ।

अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको थियो भने बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा महिमा र बहिनी शर्मिला काठमाडौंबाट चितवन घर जाँदै थिए । महिमा भरतपुर महानगरपालिका–१२ शिवनगरकी हुन् ।

महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । चलचित्र कारवाहीबाट नेपाली चलचित्रमा डेब्यु गरेकी हउनले त्यसपछि जिगोलो, अप्रिल फूल, दानवसहित एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् ।