आयो लक्का जवानको मुसुक्कै हाँसन माया…


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ माघ

आगामी २१ चैतमा रिलिज हुने चलचित्र ‘लक्का जवान’को दोश्रो गीत मुसुक्कै हाँसन माया…को भिडियो बुधबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

यो चलचित्रलाई हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेको हुन् । गीतको भिडियो राम्रो बनाउने प्रयास आफुहरुले गरेको उनले भिडियो रिलिज समारोहमा बताए ।

यो लोकशैलीको गीतमा बाबुल गिरी र जुनु रिजाल काफ्लेको स्वर रहेको छ । बाबुल गिरीको शब्द र संगीतमा यो गीत तयार भएको हो ।

कोरियोग्राफर कविराज गहतराजले यो गीतमा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई निकै राम्रोसँग नचाएका छन् । गीत जस्तो भिडियो पनि आकर्षक बनेको छ । सिनेमाको शिर्ष गीतले औसत सफलता पाए पनि यो गीत राम्रो हुने आशा गरिएको छ ।

यो चलचित्रमा शिबहरीकै पटकथा र संवाद छ । जसमा दीलिप, प्रियंका, सलोन र वर्षासँगै शिवहरी पौडेल, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।