वेभ सिरिजका कलाकारसँग सरोज र आस्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

आफ्ना साथीहरुसँग छुटेपछि पछिल्लो समय कार्टुन्ज क्रुका सरोज अधिकारी र आस्मा विश्वकर्माले नयाँ नयाँ टिमसँग नयाँ नयाँ प्रस्तुति दिईरहेका छन् ।

यसै क्रममा यी दुई भिडियोमा वेभ सिरिजका लोकप्रिय कलाकारसँग संयुक्त रुपमा प्रस्तुत भएका छन् । जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्टसँगै कार्टुन्ज क्रुका सरोज र आश्मा पहिलो पटक भिडियोमा प्रस्तुत भएका हुन् ।

राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको शब्द, महेन्द्र तिमिल्सीनाको स्वर, दिपक शर्माको संगीत रहेको गीत राजकुमार…को भिडियोमा यिनीहरुलाई राजकुमार बन्ने होडलाई देखाईएको छ ।

बालकृष्ण ओलीको संयोजनमा तयार भएको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका छन् । अमन मानन्धरको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतिको छायाँकन छ ।

जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्टसँगै कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै देखिएको यो पहिलो भिडियो हो ।