सक्किगोनीमा दयाहाङ र धुर्मुस


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ माघ

यही ९ माघबाट रिलिज हुने चलचित्र ‘सेन्टी भाईरस’को निर्माण टिम अहिले प्रचारमा जुटेका छ । यो चलचित्रका लेखकद्धय कुमार कट्टेल र दीपक आचार्यले आफ्नो टेलीसृँखला ‘सक्किगोनी’को अबको सृँखलालाई सेन्टी भाईरसमय तुल्याएका छन् ।

सेन्टी भाईरसका नायक दयाह्याङ राई र हाँस्य नायक सीताराम कट्टेल (धुर्मुस) अबको सृँखलामा विशेष भुमिकामा प्रस्तुत हुने भएको छन् । सेन्टी भाइरसको प्रचारप्रसारको लागि दयाह्याङ र धुर्मुस सक्किगोनीमा विशेष पाहुना भएर पुगेका हुन् । सक्किगोनीको आगामी भाग २२ को लागि दयाह्याङ र धुर्मुस विशेष भूमिकामा देखिँदैछन् ।

टेलिश्रृङ्खलामा पहिलोपटक काम गर्दा रमाईलो अनुभूति भएको अभिनेता दयाह्याङ बताएका छन् । उनले सक्किगोनी आफूलाई मन पर्ने हाँस्य टेलिसिरियल भएको पनि जानकारी गराए ।

सक्किगोनीले चलचित्र सेन्टि भाइरसको प्रचारप्रसारमा साथ दिने हिसाबले विशेष भूमिकामा बोलाएको भन्दै सितारामले धन्यबाद दिएका छन् । चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थका लागि सिनेमाको ५० प्रतिशत आम्दानी जाने भएकोले यस सिनेमालाई सबैले हेरेर साथ दिन समेत उनले अपिल गरे।

सिनेमामा दयाह्याङ राई, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, राजाराम पौडेल,विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतकाको अभिनय रहेको छ । चलचित्रलाई रामबाबु गुरुङको निर्देशन गरेका हुन् ।