चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा अरुण गिरी


ब्युटी न्युज नेपाल
पोखरा, २९ माघ

चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न शाखाको चौथो अधिबेशनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

अर्का प्रतिद्धन्दी राजाराम पौडेललाइ झिनो मतान्तरले जितेर गिरी अध्यक्ष भएका हुन् । उपाध्यक्षमा सन्तोष सुवेदी निर्विरोध भए भने सचिवमा प्रभु अधिकारी बिजयी भए । यस्तै सह—सचिवमा सन्तोष बस्याल निर्विरोध चयन भएका छन् ।

संघको कास्की शाखा कार्यसमिति सदस्यहरुमा शंकर तिवारी, आशिष पुरी, प्रकाश राज तिवारी(अर्पण), बिनिता सुनार निर्विरोध चयन भएका छन् । शाखाबाट केन्द्रिय प्रतिनिधिमा बोधराज रेग्मी र सुशन घिमिरे चयन भएका छन् ।

चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलाले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभूवन पौडेलको संयोजनमा रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको थियो ।

निबर्तमान अध्यक्ष रेम विकको कार्यसमितिले यसअघि पोखरामा चलचित्र पत्रकारिता कार्याशाला गोष्ठी, चलचित्र समिक्षा कार्यक्रम गर्दै आइरहेको थियो ।