चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्षमा रबी


ब्युटी न्युज नेपाल
चितवन, २९ माघ

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको बुधबार सम्पन्न सातौं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । यो शाखाको सातौं अधिवेशनले रवी अधिकारीलाई सर्वसम्मनबाट अध्यक्षमा चयन गरेको छ ।

यस्तै चितवन शाखाको उपाध्यक्षमा रामेश्वर रिजाल चयन भएको छन् । अधिवेशनले सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रबिन सुबेदी र सह–सचिवमा सगर ढुंगाना चयन गरेको छ ।

यस्तो यो शाखाको कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ, बिबेक पोखरेल, गीता गुरुङ, हेमराज रिमाललाई चयन गरिएको छ । सो शाखाको कार्यसमिति सदस्यमा सरु चापागाई, सुदन पौडेल र केन्द्रिय प्रतिनिधिमा सुशील पन्तलाई मनोनित गरिएको छ ।

चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलाको आतिथ्यमा भएको सो अधिवशेनमा नयाँ कार्यसमिति सदस्यलाई सिटौलाले शुभकामना व्यक्त गरे ।