दर्शकलाई सुनिता र यशकुमारको तिम्रो मुटुमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

गायक यश कुमारको शब्द संगितमा रहेको गीतको नयाँ गीत तिम्रो मुटुमा…को भिडियो बजारमा आएको छ । एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएका छन् ।

गायक तथा नायक यश कुमारको शब्द संगीतमा रहेको ‘सिउँदोमा’ बोलको गीत गाए पछि गायक एकदेव लिम्बु एकाएक चर्चामा आएका थिए भने बाबु बोगटी र यश कुमारको सम्बन्धमा दरार आएको थियो ।
यस अघि एकदेव लिम्बुको स्वरमा रहेको गीतलाई उनकी आफ्नै बहिनी सुनिता थेगेमले फिमेल भर्सनमा आवाज दिएकी हुन । एकदेव र सुनिता दाजु बहिनी हुन । सुनिताले यस अघि ‘छिरिङ’ सिनेमामा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन् ।

‘तिम्रो मुटुमा’ बोलको मेल भर्सनको गीतको भिडियोले यस अघि युट्युबको ट्रेण्डिङ कब्जा गरेको थियो । ‘तिम्रो मुटुमा’ बोलको फिमेल भर्सनलाई मेल भर्सनको जवाफको रुपमा लिइएको छ। यस गीतको भिडियोमा गायक यशकुमार, गायिका सुनिता र रियसाको अभिनय रहेको छ।

गीतको भिडियोको कन्सेप्ट यशकुमार कै रहेको छ । भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन् । यशकुमारको आधिकारीक युट्युव च्यानल रिदम फिल्मबाट भिडियो सार्वजनिक गरिएको छ।