लिक्यूइड लाउञ्जमा अनिल सिंहको भ्यालेन्टाइन

ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

यतीबेला भ्यालेन्टाइन डेको माहौलले युवा युवतीलाई रोमान्चित तुल्याएको छ । यसै अवसर पारेर यही १४ फेबु्रअरी अर्थात फागुन २ मो काठमाडौंका लाउन्जहरुमा विभिन्न कार्यक्रम हुँदैछन् ।

सोही साँझ दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा लोकप्रिय गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

दरबारमार्थस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्यूइड लाउञ्जमा लिक्यूइड ब्याण्डकै संगीतकर्मीहरुको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्न लागेका हुन् ।

‘भ्यालेन्टाइन्स स्पेशल, फिचरिङ अनिल सिंह’ शीर्षक राखिएको भ्यालेन्टाइन विशेष उक्त सांगीतिक कार्यक्रमको तयारीका लागि गायक सिंह पछिल्लो एक सातादेखि ब्याण्डका संगीतकर्मीहरुसंग नियमित अभ्यास गरिरहेका छन् । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

लाउञ्जमा भेला हुने रोमान्टिक जोडीहरुलाई मनोरञ्जन गराउने उदेश्यले आयोजना लागिएको उक्त सांगीतिक कार्यक्रम भ्यालेन्टाइन डे अर्थात यही शुक्रवार राति ८ बजेपछि प्रारम्भ हुनेछ ।

कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एण्ड क्विन…’ तथा ‘प्रेम कथा…’ शीर्षकका यूगल गीतमा साथ दिनेछिन् । यी दुई गीतको ओरिजिनल भर्सनमा गायक सिंहलाई अभिनेत्री रेखा थापा तथा पूजा शर्माले यूगल गायनमा साथ दिएका छन् ।

लिक्यूइड ब्याण्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमरं) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) आवद्ध छन् ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More