निर्माणधिन क्रिकेट रँगशालामै धुर्मुस सुन्तलीको फिल्म सुटिङ


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

आगामी ९ फागुनबाट प्रदर्शनमा आउने चलचित्र ‘सेन्टी भाईरस’को प्रचार प्रसारमा यो फिल्मका हास्य अभिनेता सिताराम कट्टेल (धुमुर्स) र कुन्जना घिमिरे (सुन्तली) निरन्तर जुटी रहेको छन् । फिल्मको प्रचारलाई लक्षित गरेर यी जोडीले यही शनिबार चितवनको भरतपुरमा निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशाला मिडियाकर्मी र सेन्टी भाईरस कलाकारबीच क्रिकेट म्याच पनि राखेका छन् ।

हास्य अभिनेता सिताराम कट्टेल (धुमुर्स) र कुन्जना घिमिरे (सुन्तली) निरन्तर जुटी रहेको पछिल्लो केही महिना देखि चितवनको भरतपुरमा निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालाको निर्माणमा लागिरहेको छन् । उनीहरुले रँगशालाको निर्माण छाड्न नमिल्ने भएपछि विभिन्न कार्यक्रमहरु त्यही गर्न थालेका छन् । गत साता मात्र त्यहाँ महायज्ञ पुराण लगाएका यी जोडीले चलचित्र सेन्टी भाईरसको एउटा गीतको छायाँकन रँगशालामै गरेका छन् ।

‘ पार्टीलाई जिताईलदे…बोलको यो गीतको छायाँकन त्यहाँ गरेका हुन् । जसमा सिताराम, कुन्जनासँगै सन्दीप क्षत्री, विल्सन बिक्रम राईलगायतले अभिनय गरेका छन् । यो चलचित्रको प्रोमोस्लन गीत भएकाले चलचित्र र रँगशाला दुबैको प्रोमोसनका लागि गीतको छायाँकन नै रँगशाला क्षेत्रमा गरेको हास्य अभिनेता सिताराम कट्टेलले बताए ।

यो चलचित्रका लेखक दीपक आचार्यले यस गीतको भिडियो निर्देशन गरेका हुन् । दुई ओटा पार्टीका नेता बीचको चुनावी प्रतिस्पर्धालाई यो गीत मार्फत देखाईने पनि अभिनेता सितारामले जानकारी गराएका छन् । यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

सेन्टी भाईसरले कमाएको कुल आम्दानीको ५० प्रतिसत गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा खर्च गरिने घोषणा यस अघि नै गरिएको छ । कालिप्रसाद बासकोटा, राजनराज सिवाकोटी, शंकर थापा स्माईलको सँगीत, दीपक आचार्य र कुमार कट्टेलको लेखन रहेको छ । २ करोडको लागतमा बनेको भनिएको यो चलचित्रलाई सुबिहानी फिल्मस्, डिन्डु लामा ह्योल्मोले निर्माण, पूर्वा लामाले सह निर्माण गरेका हुन् ।