बोर्डमा देखाईयो चलचित्र दोषी को ?


ब्युटी न्युज नेपाल

काठमाडौं,२७ माघ

चलचित्रदोषी को ? को काठमाडौंको चावहिल स्थित चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिएको चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यो फिल्मका अभिनेता, निर्माता सहभाथी थिए

कार्यक्रममा अभिनेता खड्काले नेपाली चलचित्र बिदेशी चलचित्रको चेपुवामा परेकाले अपेक्षाकृत बिकास हुन नसकेको तथ्य औल्याउदै यसका लागि सम्बन्धी निकाय सरोकारवालाले ठोस कदम चाल्नु पर्ने बताए उनले आफू सधै स्वदेशी फिल्मको पक्षमा रहेको यसका लागि जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको दावी गरे

समाजीक बिषयमा निर्मित यो चलचित्रलाई निमा लामा तामाङको निर्देशन गरेका हुन्   गोपी अधिकारी निर्माता रहेको फिल्मको बिशेष शोमा फिल्ममा सम्बन्धीत कलाकार, प्राबिधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो

करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली, करण थापा मगर, सपना लामा, नेहा गौतम, गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनका उचाढचढावलाई कथामा बुनीएको फिल्म छिट्टै नै थुप्रै देशहरुमा प्रदर्शन गर्न लागीएको जानकारी निर्माता गोपी अधिकारीले दिए उनल फिल्ममा मनोरञ्जनका साथै सन्देशसमेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए

करण फिल्मस् प्रोड्क्सनको ब्यानरमा निर्माण भएको फिल्म केही समयपछि स्वदेशका हलमा प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको फिल्ममा करण थापा मगरको लेखन,गोपी अधिकारी सन्तोष सुनामको संगीत,बिश्वास भण्डारीको छायांकन सम्पादन, मित्र ध्वज गुरुङको कलर रमेश रेग्मीको कोरियोग्राफी

कार्यक्रममा निर्देशक लामाले आफूले पहिलोपटक निर्देशन गरेको नेपाली फिल्म दर्शकले मन पराएकोमा खुशी ब्यक्त गरे उनले दर्शकबाट पाएको प्रतिक्रियाबाट आफूलाई यो क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको सुनाए