मणिराजको अध्यक्षतामा मकवानपुर शाखामा नयाँ कार्यसमिति


ब्युटी न्युज नेपाल

काठमाडौं, २० माघ

चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखामा नयाँ कार्य समिति चयन भएको छ । आईतबार हेटौंडामा सम्पन्न कार्यसमितिको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

यो शाखाको अध्यक्षमा मणिराज गौतम सर्वसम्मतबाट चयन भएका छन् । यस अघि अध्यक्ष रहेका गौतमलाई उनको बिगतको कार्यको प्रसँसा गर्दै अधिवशेनले सर्व सम्मतबाट चयन गरेको हो ।

यस्तै संघको मकवानपुर शाखा उपाध्यक्षमा कपिल खड्का, सचिबमा श्रीराम अर्जुन, सह सचिबमा रविन्द्र गौतम, कोषाध्यक्षमा देबकोटा कान्छो मनोज चयन भएका छन् ।

यस्तै यो शाखाको कार्यसमिति सदस्यहरुमा दर्शन क्षत्री, अमृता पराजुली सन्नु रिजाल र दीपक सिंह रुम्बा चयन भएका हुन् ।

संघको केन्द्रबाट गएका पदाधिकारीहरु महासचिब अनिल यादब, सचिबद्धय समिर बलामी, बैकुण्ठराज पराजुली र कोषाध्यक्ष जीवन पराजुलीको आतिथ्यमा मकवानपुर शाखाको अधिवेशन सम्पन्न भएको हो ।

नव निर्वाचित अध्यक्ष गौतमले आगामी दिनमा चलचित्र पत्रकारहरुको हक हितमा अझ बढी क्रियाशिल रहने सो कार्यक्रममा प्रतिबद्धता जनाएका छन् ।