मिस इको इन्टरनेशनलमा नेपालबाट अनुश्मा


ब्युटी न्युज नेपाल
काठमाडौं २६ माघ

ग्रिन आर्ट मिडियाले शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच अनुश्मा रायमाझीलाई मिस इको इन्टरनेशनल घोषणा गरेको छ । अब इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

रायमाझीलाई गत बर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनले ताज लगाई दिएकी थिइन् । रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।

रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए ।

मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । २० बर्षीया पुरानो बानेस्वर निवासी रायमाझीले भनिन् ‘प्रतियोगीतामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२०को समेत प्रचार गर्नेछु ।’