टिजरमा आयो सौगातको मन्त्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार बेलुका चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । टिजरमा हिमाली भेगको जनजीवन र त्यहाँको जीवनशैलीसँगै सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ ।

यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ ।

चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिं गोप्य राखिएको छ ।

मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More