आयो देबिका बन्दनाको मारुनी भाका


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

गायिका देबिका वन्दनाले नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ…’ को भिडियो सार्वजनिक गरेकी छिन् । नरहरि प्रेमीको शब्द, संगीत रहेको छ ।

देबिका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’ लगायत दर्जनौ गीतहरु लोकप्रिय छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीतले पनि स्रोता÷दर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताईन ।

यो मारुनी गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रपको अभिनय छ ।

अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा दीपा श्रेष्ठको निर्देशन, कोरियोग्राफ छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा संजय लामाको छायाँकन, विजेश पौडेलको सम्पादन छ ।