ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

गीतकार नूतन भूसालले चौंथो गीतिसँग्रहको रुपमा ‘नूतन शैली’ बजारमा ल्याएकी छिन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उनको यो गीतिसँग्रहको गीतकार प्रा.डा. कृष्णहरि बराल, गीतकार भुसालकी आमा रामकुमारी भुसाल, गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंहलगायतले सार्वजनिक गरे ।

गीतिसंग्रह ‘नूतन शैली’ मा गीतकार नूतन भुसालको एकल शब्द र सुनिल मास्केको एकल संगीत छ । जसमा भमराको भुनभुन…, थाहा छैन के हुन्छ…, देखेको छैन…, कुक्क लाग्यो बाडुल्की…, तिम्रो साथ भन्दा प्यारो…गरी ५ वटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ… गीतको भिडियो पनि सार्वजनिक गरियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन, अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय थियो ।