ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ
गीतकार राजु बाबु श्रेष्ठले आफ्नो नयाँ गीत बिहानी…को भिडियो रिलिज गरेका छन् । गीतकार श्रेष्ठको यो गीत अजम्बरी गीतिसँग्रहमा राखिएको छ ।
यो गीतलाई जुनु गौतमले गाएकी हुन् । करिब दुई दर्जन भन्दा बढी गीत गाएकी जुनु गौतमको यो गीत अलिकति फरक तरिकामा गएको दाबी गरिन् ।
यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन । गीतकार राजु बाबु श्रेष्ठको गीतहरुले नेपाली सांगीतिक आकाशमा सफलाता पाएका धेरै यस्ता गीतहरु छन र यो गीत पनि त्यहि सफलताको आकाशमा पुग्नेमा संगीतकार अनिश श्रेष्ठले ढुक्क रहेको बताए ।
त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको कोरियोग्राफर प्रदिप श्रेष्ठले निर्देशन गरेका छन । करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाललाई अभिनय गराईएको यस गीतको भिडियो रमाईलो बनेको छ ।
गीत बुधबार मात्र ओ एस आर डिजिटलको युटुबबाट सार्वजनिक गरिएको छ । गीतको भिडियो लाई युश ढकालले खिचेकाछन भने सम्पादन जितेन्द्र राजोपाध्याको रहेको छ ।