रहेनन बरिष्ट पत्रकार दुर्गानाथ शर्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

लामो समयसम्म नेपाल टेलिभिजनमा विश्व घटना सञ्चालन गरेर लोकप्रियता हाँसिल गरेका वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा अब हामी माझ रहेनन् । उनको बुधबार बिहान ७२ वर्षको निधन भएको छ।

शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो। २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उनलाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो।गंगालालमा ५ दिन उपचार गरी शर्मालाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको बुधबार बिहान निधन भएको दिवँगत शर्माका दाई फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले पुष्टि गरेका छन् ।

२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचनको रुपमा पत्रकारिता गरे । टेलिभिजनमा उनले प्रस्तुत गर्ने विश्व घटना कार्यक्रम त्यो कालखण्डमा निकै लोकप्रिय थियो । नेपाल टेलिभिनजबाट अबकाश लिएपछि उनले केही मिडियामा काम पनि गरे ।

उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदैछ । उनको घाटमै श्रद्धाञ्जली कार्यक्रम राखिँदै छ ।