हेरिटेज पेजेन्टस्को तयारी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

‘हेरिटेज पेजेन्टस्’ को २०२० को संस्करणको तयारी सुरु भएको छ । सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि यो प्रतियोगिता नेपालबाट प्रारम्भ भएको हो । यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक सन्तोष सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार यस पटकको आयोजना मलेसियामा आउँदो अप्रिल ११ देखि २० सम्म संचालन हुने भएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा सम्पन्न हुनेछ ।

यस पटकको हेरिटेज् पेजेन्टस् २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरु सहभागि हुनेछन् ।

इप्लानेट प्रा.लि. को आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सहभागि हुनाका लागि मिस तर्फ १८ देखि २७ वर्ष उमेर समूह भित्र तथा मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूह भित्रकाले सहभागिता जनाउन पाउने प्रावधान रहेको कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।

सिंगापुरका सुसान कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।

यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ५ तारिखमा काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो । स्वदेशमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यानमारकी २७ वर्षिया ह्ला यिन काईले ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को ताज पहिरन सफल भएकी थिइन् ।

मिस हेरिटेज इन्टरनेशनल’ को २०१५को संस्करण भने डिसेम्बर १२ तारिखमा भारतको नयाँ दिल्ली स्थित अशोका कन्ट्री रिसोर्टमा सम्पन्न भएको थियो । प्रतियोगिताको तेस्रो संस्करण श्रीलंका स्थित बेरुवाला समुदि« तट नजिकै वर्ष २०१६ को डिसेम्बर ९ मा सम्पन्न भएको थियो । प्रतियोगिताको चौथौं संस्करण सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा १६ फेब्रअरी २०१९मा सम्पन्न भएको थियो ।

सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ ।