कोरियामा अनेसासको बृहत साहित्य मेला


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

कोरियामा अनेसास कोरियाद्वारा अनेसासको बृहत साहित्य मेला सम्पन्न भएको छ । शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य(सुधा अन्तर्गतको १२ औं शृन्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो ।

आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नयाँ स्रष्टाहरुलाई उर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरुलाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमा क्रमश कवितातर्फ( मिलनकान्छा किराँती शकुन आँशु, गंगा बस्नेत, गजलतर्फ ( जीवन भण्डारी, कमल बाछिटे ,सुमन तिमलसिना र मुक्तकतर्फ(रामचन्द्र शर्मा, अर्जुन लामा र शुशिल अर्याल थिए । स्रष्टाहरुको काव्य शक्तिले सभाहल गुन्जायमान थियो, दोङ्देमुन तातेको देखिन्थ्यो । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु संग्रह अनूदित आँखाहरुको लोकार्पण गरिएको थियो ।

सर्जकहरुले देशप्रेम, जीवनबोध, प्रवास पीडा, जीवन दर्शन, राजनीति, प्रेम आकर्षण, उन्माद ,डायस्पोरा लगायत नेपाल भ्रमण वर्ष २०२० सम्मलाई समेटेर रचना वाचन गरेका थिए । करिब ५ घण्टा लामो लगातार कार्यक्रममा शृंगारिक मुक्तकहरुले मनोरन्जन प्रदान गर्दा तनाब हराएको देखिन्थ्यो । सो कार्यक्रममा समाजसेवी जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।

तीन दर्जनको हरिाहारीमा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जकहरुलाई हौसल्ला र सम्मान गर्ने उदेश्यले प्रशंसा(पत्र पनि प्रदान गरिएको थियो ।

अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सुर्यले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले गरेका थिए ।

भर्खरै जापानमा भएको तेस्रो च्याप्टर सम्मेलनमा दोस्रो उत्कृष्ट च्याप्टर पुरस्कार प्राप्त गरेको अनेसास कोरियाले नयाँ बर्षको आगमनसँगै योगगुरुर शान्ति दुत आचार्य राजन शर्मा, भीमसेन सापकोटाको आतिथ्यमा कोरियामा तनाव व्यस्थापनको तालिम र योग साधनाु को कार्यक्रम सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम भने कोरियाव्यापी कविता प्रतियोगिता, पुस्तक विमोचन र रचना वाचन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।