मूर्तिकला छाडेर ब्युटिसियनमा छुट्टै परिचय बनाएकी रिना अवाले


ब्युटी न्युज नेपाल
काठमाडौं,

रिना अवाले ब्यटिसियन क्षेत्रमा स्थापित नाम हो । रिना अवाले ललितपुर, पुलचोकको लबिम मलबाट पाटन बजार जाँदा १५० मिटर अगाडी रहेको नःटोलमा सुविधा सम्पन्न ब्युटी होम, ‘पियोर स्टाईलिष्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर’ की सञ्चालिक हुन । पाटनमा जन्मिएकी उनी बिगत १२ वर्षदेखि यो क्षेत्रमा क्रियाशिल छिन् । उनले आफ्नो ब्युटीपार्लरको समेत ८ औं वार्षिक उत्सब गत महिना मनाईसकेकी छिन् ।

साथीसँग

रिनाले ब्युटिसियन बन्नु अघि थुप्रै अन्य पेशा अपनाईन् । उनले केही वर्ष मूर्तिकलाको काम पनि गरिन । उनले हेन्डिक्राफ्ट पसल सञ्चालन गरेर हेन्डिक्राफ्टको काम लामो समय गरिन् । धातुमा निकै मेहनतका साथ उपहार सामग्री कुँदेर उनी त्यो क्षेत्रमा पनि निकै समय रमाईन् । तर आफ्नो सानै देखिको चाहना व्युटिसियन बन्नु भएकाले मूर्तिकलाको काम छाडेर ब्युटिसियन पेशा रोजेको रिनाले बताएकी छिन् ।

मेकअपमा व्यस्त रिना

रिनाको भनाईमा उनकी आमा श्रेष्ठ भएका कारण आमा साह्रै राम्री बन्नु हुन्थ्यो । आफु सानो छँदा आमाले आफ्नो दुईचुल्ठी बाटेर सँृगार गरिदिएको रिनालाई साह्रै मन पथ्र्यो । रिनाकी आमा अहिलेसम्म पनि सृँगार पटार गरेर चिटिक्क देखिनु हुन्छ । प्राय आमाले आफु सहित दिदी बहिनी र आफन्तलाई सृँगार पटार गरेर चिटिक्क पारेका देख्दा रिनाले पनि आमाको त्यो सिपलाई नक्कल गर्दै गईन् । टोल छिमेक र आफन्तमा विवाह हुँदा वेहुलीको जुरो बनाउने, वेहुरी सृँगार्ने काम आमाले गरेको देख्दा रिनालाई पनि त्यसै गर्न मन लाग्थ्यो । यसरी त्यतिबेला देखि नै आफुमा व्यटिसियन बन्ने चाहना जागेको रिनाले बताएकी छिन् ।

आफ्नै पार्लरमा जन्मदिन मनाउँदै

बुबा आमाको समेत हेन्डिक्राफ्टको ब्यबसाय भएकाले उनी सानैदेखि हेन्डिक्राफ्टमा लागिन् । विभिन्न मूर्तीहरुमा सुन तथा अन्य धातुको जलप लगाएर त्यसलाई सृँगार्न रिना निकै कौसल थिईन् । उनी बयस्क हुने क्रममै चित्र कोर्न, त्यसमा बुट्टा भर्न, मूर्ती बनाउन, त्यो मूर्तिलाई रँग रोगन गरेर सजाउन दक्ष भईसकेकी थिईन् ।

रिनाको स्टाईलिस्ट मुड

सोही क्रममा उनले हेन्डिक्राफ्टको व्यबसायमै लागेको श्रीमान रोजिन् । आफु र श्रीमानले लामो समय हेन्डिक्राफ्ट बनाउने र यसको व्यबसाय गर्ने कार्य गरेको पनि रिनाले बताईन् । सोही क्रममा हेन्डिक्राफ्टको व्यबसाय छाडेर श्रमान बाहिर गएपछि उनले आत्मनिर्भर हुन कस्मेटिकको व्यबसाय थालेकी हुन् । ब्युटिपार्लर सुरु गर्नु अघि रिनाले करिब तीन वर्ष कस्मेटिक पसल चलाईन् । तर उनको लक्ष्य व्युटिसियन बन्नु थियो । कस्मेटिक पसल खोलेर मात्र त्यो लक्ष्य पुरा हुँदैन थियो । हुन त कस्मेटिक पसल सञ्चालनकै क्रममा उनले जानी नजानी अरुलाई सृँगार पटार गर्न थालेकी थिईन् । यसको लागि प्रशिक्षणको आबस्यक थियो । कस्मेटिक पसल त जसले पनि सञ्चालन गर्न सक्ने तर ब्युटिसियन बन्न प्रशिक्षण लिनु नै पर्ने उनले महसुस गरिन् ।

पियोर स्टाईलिस्ट व्युटी होमको आठौ वार्षिक उत्सब समारोह

कस्मेटिक पसल हुँदाहुँदै व्युटिसियन पेशा रोज्नुको कारणबारे उनले भनिन्,‘मैले साथीहरुसँग बुझ्दा र हेर्दा व्युटिपार्लरको राम्रो स्पकोप देखेँ । अझ मैले रोजेको पुल्चोकबाट मँगलबजार जाने मार्ग नःटोल क्षेत्रमा सुविधासम्पन्न व्युटिपार्लर नभएकापछि व्युटिसियन बन्नु पर्छ भन्ने हुटहुटी जाग्यो ।’

पियोर स्टाईलिस्ट व्युटी होमको आठौ वार्षिक उत्सब समारोह

आफुले ब्युटिसियन बन्ने चाहना राख्दा राख्दै पनि श्रीमानलाई यो क्षेत्र मन नपरेकाले उनलाई ब्युटिसियन बन्न त्यति सजिलो थिएन । घरबाट यो क्षेत्रमा लाग्न पूर्ण समर्थन जुटेको थिएन । बिदेश बसेका श्रीमानले कस्मेटिक पसलनै राम्ररी चलाए हुन्छ भन्दै थिए । पछि श्रीमानलाई मनाएर आफ्नै इच्छा सक्तिका कारण व्युटिसियन पेशामा लागेको रिनाले बताईन् । अहिले श्रीमानले पनि यो पेशामा राम्रो साथ दिएको उनले खुलासा गरिन् ।

बरिष्ट व्युटिसियन सोनी कारंजितसँग रिना

सुरुमा व्युटिसियन सम्बन्धि वेसिक कोर्ष पुरा गरेर उनले दक्षता बढाउन आफ्नो साथीको ब्युटिपार्लरमा विना पारिश्रमिक काम पनि गरिन् । त्यतिबेला उनले घरबाटै पनि पार्लर सुरु गरिन् । सोही क्रममा उनले एक वर्ष भन्दा लामो थप कोर्ष पुरा गरेर सिटिईभिटीबाट लेवल टु को स्किल टेस्ट परीक्षा पनि उतिर्ण गरिन् । सानो पार्लर स्थापना गरेर केही महिना व्यस्त हुँदाहुँदै घरबेटीले पार्लर नै हटाईदिएपछि उनले प्रसस्त खर्च गरेर सुविधा सम्पन्न ‘पियोर स्टाईलिष्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर’ पुलचोक नःटोलमा सुरु गरिन् । यसरी व्यबसायिक रुपमा यो क्षेत्रमा आउने क्रममा उनले थाईल्यान्ड पुगेर त्यहाँ हेयर र मेकअपको स्पेशल कोर्ष पनि पुरा गरिन् । उनले नेपालमै सेमिनारमा विभिन्न कोर्ष लिँदै आफुलाई थप दक्ष तुल्याउँदै आईन् ।

रिनाको पियोर स्टाईलिष्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले यसै वर्ष ८ औं वार्षिक उत्सब मनाईसकेको छ । रिना व्युटिसियन पेशामा निकै सन्तुष्ट छिन् । उनले यो पेशामा लागेर सामाजिक कार्य पनि गरिरहेकी छिन् । उनी आफ्नो जन्मदिन लगायत विभिन्न अबसरमा अनाथालय जान्छिन् । त्यहाँ बालबालिकालाई निशुल्क कपाल काटिदिने, उनीहरुलाई कपडा, केही समय पुग्ने खाधान्न सहित विभिन्न सामग्री प्रदान गर्छिन । उनी विभिन्न सामाजिक कार्यमा पनि छिन् । कमाईको केही रकम सामाजिक कार्यमा खर्च गर्दा निकै आनन्द मिल्ने गरेको उनले बताएकी छिन् ।

आफ्ना विधार्थीहरुलाई प्रशिक्षण पछि सर्टिफिकेट प्रदान गर्दै रिना

यो आठ वर्षमा उनले ब्युटिसियन सम्बन्धि प्रशिक्षण पनि दिँदै आएकी छिन् । करिब दुई सय महिलालाई यो अबधिमा आफुले व्युटिसियन सम्बन्धि फुल कोर्ष प्रशिक्षण र करिब तीन सय जनालाई बेसिक कोर्षको प्रशिक्षण दिईसकेको रिनाले बताएकी छिन् । वर्षमा ब्युटिसियन सम्बन्धि चार पाँच ओटा सेमिनार सञ्चालन गर्दै आएकी रिना अवालेले यस्ता सेमिनारबाट दुई हजार भन्दा बढी व्युटिसियनहरुलाई समय अनुसार एड्भान्स प्रशिक्षणको सेवा दिईसकेकी छिन् ।
यसै क्रममा आगामी फागुनमा आफुले रसियन हेयर सम्बन्धि एक्पर्ट व्यक्ति बिदेशबाट ल्याएर तीन दिनको विशेष प्रशिक्षण दिन लागेको पनि रिनाले बताएकी छिन् । अब उनी पियोर स्टाईलिष्ट ब्युटिपर्लर एन्ड ट्रेनिङ सेन्टरको अर्को शाखाको रुपमा पाटनमै छुट्टै ट्रेनिङ सेन्टर स्थापना गर्ने तयारीमा छिन् ।

क्यारेटिन ट्रिटमेन्ट प्रशिक्षण दिने तयारीमा अतिथिलाई स्वागत गर्दै रिना

रिनाको पियोर स्टाईलिष्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर अहिले हेयर क्यारेटिन ट्रिटमेन्ट, मेकअप, हेयर स्टाईलमा फेमस छ । त्यहाँ आम दर्शकदेखि विभिन्न सेलिब्रेटीसमेत हेयर स्टाईलको लागि पुग्ने गरेका छन् । क्यारेटिन ट्रिटमेन्टमा भने ललितपुर क्षेत्रमा पियोर स्टाईलिष्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर पछिल्लो समय लोकप्रिय भएको पनि ब्युटिसियन रिनाले बताएकी छिन् । उनी केराटिन सम्बन्धि उत्पादनको बजार प्रवर्धनमा पनि छिन् । काठमाडौं बाहिर विभिन्न १५ भन्दा बढी जिल्ला पुगेर ब्युटिसियनहरुलाई केराटिन सम्बन्धि विभिन्न प्रशिक्षण पनि उनले दिँदै आएकी छिन् । काठमाडौंमा पनि क्यारेटिन सम्बन्धि प्रशिक्षण दिँदै आएकी उनी देशका सबै ठाउँमा पुगेर क्यारेटिन ट्रिटमेन्ट प्रशिक्षण दिने तयारीमा छिन् ।