सन्तोषी मिसेस ब्युटी क्विन २०२०

ब्युटी न्युज नेपाल
काठमाडौं४ माघ

मिसेस ब्युटी क्विन नेपाल २०२० सन्तोषी शाही घोषित भएकी छिन् । सिजन मिडियाले सञ्चालन गरेको कार्यक्रममा उनी बिजेता बनेकी हुन् । सुर्खेतकी ४० वर्षीया सन्तोषीले उपाधिसँगै स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको अबसर प्राप्त गरेकी छिन् ।

यस्तै फस्ट रनरअपमा सविता शर्मा, सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल, घोषित भए । यी दुवैले बाली भ्रमणको टिकट आयोजकले प्रदान गर्दैछ । यस्तै थर्ड रनर अप रञ्जना निरौला, फोर्थ रनर अप देवकला पुन घोषित भए ।

सिर्जना गौतम फेष्डसिप, सिर्जना पनेरु डाइनामिक, सरिता कर्ण वियारी एलीगेनस, अमिता अमात्य इनोसेन्ट, दिपा ढुङ्गाना इनरजेटीक, सुहाना अर्याल वेष्ट फीगर, उर्मिला खत्री फोटोजेनीक, समीसा गिरी ट्यालेन्ट, सुम्निमा चौधरी व्यूटीफूल स्कीन, रिता कार्की वेष्ट पर्सनालीटी र रस्मिला शाही अर्गनाइजर च्वाइस, वेष्ट ड्रेस र भिर्योस च्वाइस घोषित भए ।

कार्यक्रमको निर्णायकमा इन्सुरेन्सरका मेगेन्द्र प्रकाश गिरी, सञ्चारकर्मी सिवानी थापा वस्नेत, व्यूटीसियन सिता पाठक, आन प्रदेश १ का संयोजक पवन अधिकारी, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेज व्यूटी क्वीन २०१८ सुदिक्षा आचार्य र एयर होस्टेज अन्जली खनाल थिए ।

विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने कार्यक्रम गर्दै आएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More