भ्वाईसका गायक बलबहादुरले ल्याए पछुताउनु पर्ला…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ

भ्याइस अफ नेपाल सिजन २ मा उत्कृष्ट ९ सम्मपुगेका गायक बलबहादुर राजबँशीले आफ्नो स्वरमा नयाँ गीत ल्याएका छन् । उनले नयाँ गीत पछुताउनु पर्ला…श्रोता दर्शकमाझ ल्याएका हुन् । उनको यो गीतको भिडियो युट्युबबाट रिलिज गरिएको छ ।

बलबहादुर नेपाली राजबंशी समुदायमा स्थापित गायक हुन् । बलबहादुर बिगत ८ बर्षदेखि नेपाली संगीतमा सक्रिय छन् । गायक राजबँशीले एक सय भन्दा बढी गीतमा आवाज भरिसकेका छन् । उनले आफैले दर्जनौँ नेपाली गीत ल्याईसकेका छन् । यसै क्रममा उनले यो नयाँ गीत ल्याएका हुन् ।

यो गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ । गीतलाई बलबहादुरले मिठोसँग गाएका छन् ।

आफ्ना विगतका गीतहरु जस्तै यसलाई पनि दर्शकस्रोताले रुचाउनेमा विश्वस्त रहेको गायक राजबंशी बताए । उनले ‘यसपालीत बिहे गर्नेहो…’जस्ता सफल गीत स्रोता–दर्शकलाई दिईसकेका छन् ।

उनको यो गीतको भिडियो सन्देशजँग राणाले निर्देशन गरेका हुन् । भिडियोमा क्रिस्टल क्लाज क्रिउ डान्स ग्रुपले आकर्षक नृत्य गरेका छन् । गीतको भिडियो पोखराको मनोरम दृष्यहरुमा तयार गरिएको छ । यो गीत डान्सिङ्ग बिटमा रहेको छ ।