ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

हास्यकलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र हास्यप्रधान चलचित्र ‘लक्का जवान’ आगामी २१ चैतमा रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्र शिर्ष गीत को भिडियो बुधबार रिलिज भएको छ । जसमा थुप्रै कलाकार समेटिएका छन् ।

बुधबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको यो लचचित्रको शिर्षगीत ‘मन त मेरो लक्का जवान…’को भिडियोमा चलचित्रका अधिकाँस कलाकार नाचेका छन् । गीतको भिडियोमा नाचेका प्रियँका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत र कोरस डान्सर बाहेक बाँकी सबै कलाकार ४० वर्ष नाघेकाहरु छन् ।

गीतको भिडियोमा दीलिप रायमाझी, प्रियँका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सरोज खनाल, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, सुसिल पोखरेल, सुरेन्द्र केसी, सविता गुरुङ, अन्सु महर्जन, बिमला गिरी, मनिषा श्रेष्ठ, अन्सुया श्रेष्ठ वन्त, स्वस्तिका लामिछानेलगायतले नृत्य गरेका छन् । यि सबै कलाकार एक अर्काको जोडी बनेर नृत्यमा प्रस्तुत भएका छन् ।

गीत चल्ने शैलीको बनेको छ । दर्शकले यसलाई रुचाएका छन् । यो गीतको रचना डिपी खनालले र सँगीत बाबुल गिरीले गरेका हुन् । गीतलाई बाबुल र मिना निरौलाले गाएका छन् । गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

फिल्मलाई ध्रुवदत्त वन्त, अनुसुयषा श्रेष्ठ वन्त, किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेललगायतले निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी पौडेलकै हो । यो चलचित्रको सम्पादकमा मित्रदेव गुरुङ छन् ।