आयो सिन्धुको १३ औं एल्बम मायाँको…


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ पुष

अग्रज गीतकार सिन्धु राणाको १३ औं एल्बम ‘मायाको’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबरालगायतले एल्बम सार्वजनिक गरे ।

एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जुनीलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका गीत छन् । गीत ‘मायाको’ र ‘न्यानो घाम’मा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबराको शब्द छ ।

गीतमा नरेन्द्र प्यासी, आशिष अविरल, हरि लम्साल, राजनराज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ र सचिन सिंहको संगीत छ । एल्बममा रहेको ‘मायाको’ र ‘मेरी जुन’ बोलको गीतको भिडियो निर्माण भइसकेको छ । एल्बममा म्यूजिक नेपालले उत्पादन र बजारीकरण गरेको छ ।

गीतमा रामकृष्ण ढकाल, विश्व नेपाली, सपनाश्री, मिलन अमात्य, आनन्द कार्की, संगीता राना प्रधान, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको स्वर छ ।