नायिकामाथिको कुनियतमा डिबीको नियत


अभिनेत्री रेखाले आफु सिनेमामा आएपछि कहिल्यै पुरुष सिनेकर्मीबाट शोषणमा नपरेको जिकिर गरिन् । पुस्तकका कथाहरु आफ्ना जीवनसँग मेल नखाने उनको कथन थियो । 


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

एक दशक चलचित्र पत्रकारिता गरेका पत्रकार डिबी खड्काले नयाँ पुस्तक ‘नियत’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तक सोमबार राजधानीमा एक समारोहबीच लेखक सहित अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र प्रकाशक अमर खड्काले सँयुक्त सार्वजनिक गरे ।

चलचित्र पत्रकारितामा एक दशक बिताएका खड्काले आफ्ना पुस्तकका लेखहरु चलचित्र र सँगीत क्षेत्रमा क्रियाशिल महिला कलाकारहरुमाथि केन्द्रित गरेका छन् । ती महिला कलाकारमाथि हुने विविध शोषणलाई उनले कथानक बुनोटमा उतारेका छन् ।

पुस्तकमा उनले २० ओटा लेख समेटेका छन् । जसलाई उनले रंगीन दुनियाँको रंगहीन दृष्टान्त उपशिर्षक दिएका छन् । यो पुस्तकका लेखहरुले कला क्षेत्रमा लाग्ने महिलाहरुमाथि पुरुषको कुनियत भएको दर्शाएको छ । त्यस्ता धेरै कुनियतका कथा सुनेर दिक्क भएपछि पछिल्लो वर्षबाट आफु स्वास्थ्य तथा अन्य पत्रकारितातर्फ मोडलिएको पनि पत्रकार खड्काले कार्यक्रममा जिकिर गरे ।

????????????????????????????????????

सो बिमोचन समारोहमा अभिनेत्रीहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले पनि चलचित्रमा काम गर्दाका आफ्ना भोगाईहरु सुनाए ।

अभिनेत्री रेखाले आफु सिनेमामा आएपछि कहिल्यै पुरुष सिनेकर्मीबाट शोषणमा नपरेको जिकिर गरिन् । पुस्तकका कथाहरु आफ्ना जीवनसँग मेल नखाने उनको कथन थियो ।

अभिनेत्री स्वस्तिमा खड्काले पनि यो प्रसँगमा आफु निकै भाग्यमानी भएको दाबी गरिन् । सिनेमामा आउनु भन्दा अघि म्युजिक भिडियोमा काम गर्दा कुनै अपरिचित व्यक्तिले घुमाउरो पाराले यौनको कुरा गरेको स्मरण गरे पनि स्वस्तिमाले त्यो पात्र सम्झनामा नरहेको सुनाईन् । चलचित्र अभिनयमा आएपछि आफुलाई घमन्डी र ठिस केटीको ट्याग लागेको र त्यस्तो कु नियतले हेर्ने दृष्टान्त अहिलेसम्म कुनै सिनेकर्मीले नगरेको उनले बताईन् ।

अभिनेत्री लक्ष्मी बर्देबाले पनि सुरुका दिनमा एउटा नयाँ फिल्मका लागि नयाँ निर्माता निदेशकले यौनजन्य नियतले फिल्म खेल्न प्रस्ताव गरेपछि उनीहरुबाट टाढा रहेको स्मरण सुनाईन् । त्यसपछि अहिलेसम्म आफुमाथि कास्टिङ क्राउचको कुनियत कतैबाट पनि नपरेको खबर उनले सुनाईन् । पुस्तकका कथा रमाईलो लागेको उनको कथन थियो ।

नेपाल लाइभका सम्पादक नारायण अमृतले अखबारीय भाषा शैलीमा लेखिएको नियत भित्रका लेखहरु केही फरक, रोचक र बास्तविकतासँग मेल खाने शैलीका भएको जिकिर गरे । नेपाली चलचित्र क्षेत्रका कुप्रबृतिमाथि यस्ता पुस्तक बिगतमा नलेखिएकाले पनि यो फरक भएको उनको कथन थियो ।