ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुष

मिसेस व्यूटी क्वीन नेपाल २०२० मा सहभागी १६ प्रतियोगीहरुले ट्यालेन्ट शो अन्तर्गत आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन । सिजन मिडियाद्धारा आयोजना गरिएको यो प्रतियोगितामा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतियोगीहरुले नृत्य, गायन, नाटक, मुक्तक, कविता र विचार अभिव्यक्ति मार्फत ट्यालेन्ट प्रस्तुत गरे ।

प्रतियोगीहरु मध्य समिसा गिरी, रिता कार्की , सृजना गौतम, अमिता अमात्य , रस्मीला शाही, दिपा ढुङ्गाना र सुहाना अर्यालले नेपाली गीतमा नृत्य प्रस्तुत गरे । यस्तै सविता शर्मा, सुम्निमा चौधरी, सीता अर्चना पौड्याल, सन्तोषी शाही र उर्मीला खत्रीले महिला अधिकारलगायतका विषयमा आफ्नो विचार राखे ।

सृजना पनेरुले भने मुक्तक वाचन, सरिता कर्णविहारीले नाटक प्रस्तुत, देवकला पुन र रन्जना निरौलाले कविता वाचन गरेर आफ्नो प्रतिभा देखाए । सो कार्यक्रमको निर्णायकमा नृत्य निर्देशक राजेन्द्र राई, गायीका विष्णुमाया पौडेल, जुम्वा प्रशिक्षक सोनाम केसी थिए ।

मिसेस ब्युटी क्वीन नेपालको यही २ माघमा नाचघर जमलमा सम्पन्न हुने अन्तिम प्रतिस्पर्धाबाट चयन हुनेछ । शिर्ष उपाधि बिजेतालाई स्कुटर, सहित इन्डोनेसीयाको वालि भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु प्रदान गरिने आयोजक प्रदीपराज वन्तले बताए ।