रमेशको भिडियोमा रामकुमार र श्रेयाको बियोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ पुष

गायक रमेश पौडेलले आफ्नो नयाँ र्याप गीत संगत…को भिडियो रिलिज गरेका छन् । यो गीतको शब्द सँगीत रमेश परियारले तयार गरेका हुन् ।

यो गीतले गलत संगतमा लाग्यो भने मानिस बिग्रन्छ भन्ने सन्देश दिएको छ । गीतको भिडियोको कथा पनि यस्तै छ । जसमा साथीको लहैलहैमा लागू औषधमा फसेर एक युवाले ज्यान गुमाएको कथालाई भिडियोमा समेटिएको छ ।

गायक एवम् संगीतकार रामकुमार बस्नेतले यो भिडियो मुख्य भूमिका निर्वाह गरेका छन् । रामकुमारसँगै यो भिडियोमा श्रेया दुलाल छिन् । यी दुबैको अभियनससक्त छ । गायक रमेशले अभियनमा रामकुमारलाई साथ दिएका छन् । गायक रामकुमारले यस अघि एक दर्जन भिडियोमा अभिनय गरिसकेका छन् । उनको गतसाता मात्र गायिका सरिता भारतीसँग लुडो र तास…गीत बजारमा आएको छ । सो गीत अहिले चर्चामा छ ।

यो भिडियोलाई टंक केसीले खिचेको हुन् । भिडियोको निर्देशन सुनिल निउरेले गरेका हुन् । अराज केशबले निर्देशन गरेको यो गीतसँगै भिडियो पनि सन्देशप्रधान छ । भिडियोलाई नेफोन न्युजबाट रिलिज गरिएको हो ।

 

https://www.youtube.com/watch?feature=share&v=aHYNwSmA1y4&fbclid=IwAR01h5WJz07HMp-rDrm136wbICfwcLAl8ihMvzrBjNSwSlKEajMmIggiwpE&app=desktop#menu