ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुष
गायिका मेलिना राई र गायक भुपेन चौधरीले नयाँ गीत ‘मदानीमा घ्यु’ श्रोतामाझ ल्याएका छन् । उनीहरुको यो नयाँ गीत सार्वजनिक भएको छ । ‘मदानीमा घ्यु….’ गीतको भिडियो रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा शब्द, संगीत तथा एरेञ्ज लोक जि मिजारको रहेको छ । यो गीतको भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र मोडल अनिषा न्यौपानेले अभिनय गरेका छन् । म्युजिक भिडियोमा पुष्प र अनिषाको जोडी जमेको छ । यी जोडीको रोमान्सलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोलाई कोरियोग्राफर तथा निर्देशक प्रशान्त तामाङले निर्देशन गरेका छन् । यो म्युजिक भिडियोलाई निरोज श्रेष्ठले खिचेका छन् । जसलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।
यस गीतका गायक भुपेन चौधरी नेपाली सांगीतक क्षेत्रमा नया भएपनि भोजपुरी गीतहरु भने २ दर्जन भन्दा बढी गरीसकेका छन् । उनले यो गीत सार्वजजिक हुन भन्दा अगाडी नेपालीमा ‘यो मायाको कस्तो चाला…’ र ‘हलचल हुन्छ…’ जस्ता गीत ल्याइसकेका छन् ।