कलेज एम्बेसडरका प्रतियोगिले देखाए प्रतिभा


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

‘द कलेज एम्बेसडर २०१९’का २० प्रतियोगिले ट्यालेन्ट शोमा विविध प्रस्तुति दिएका छन् । काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत विषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । प्रतियोगीहरुको चयन काठमाडौंमा एक समारोहबीच ४ माघमा अन्तिम स्पर्धाबाट हुने छ ।

यो प्रतियोगितामा ९ केटा र ११ केटी फाइनल स्पर्धामा भिड्दै छन् । प्रतियोगिताको यो ११ औं संस्करण हो । यो संस्करणमा उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले दिएको अडिसनबाट फाइनलका लागि २० प्रतियोगी मात्र छानिएका सफल भएको ग्रीन आर्ट मिडियाका सीइओ प्रविण लाकौरले बताए ।

ट्यालेन्ट राउन्डको निर्णायकमा वेभ म्यागजिनका निर्देशक सन्जिब महर्जन, नेपा डान्स एकेडेमीका निर्देशक रीना महर्जन, द कलेज एम्बेसडरको पहिलो विजेता आस्था पौडेल, मिसेज हेरिटेज इन्टरनेशनल सेकेन्ड रनरअप दुर्गा बिसुराल, फेसन डिजाइनर मेहेश उदास, मेकअप आर्टिस रस्मी श्रेष्ठ लगायत थिए ।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरिरहेकी छिन् ।