नेपाली चलचित्रमा निरन्तरता देलान त बिराजले ?


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

अभिनेता बिराज भट्टपछिल्लो समय नेपाली चलचित्रमा फर्किएका छन् । एक दशकसम्म भारतमा भोजपुरी फिल्ममा व्यस्त रहेका बिराजले अब भने नेपाली चलचित्रमा निरन्तर समय दिने बताएका छन् । यद्यपि उनले भोजपुरी चलचित्रलाई समेत निरन्तता दिँदै आएका छन् ।

आफ्नो चलचित्र साङलोको छायाँकन सकेर यो बीचमा उनले एउटा भोजपुरी फिल्ममा काम गरे । उनलाई अरु पनि भोजपुरी फिल्मबाट प्रस्ताव आएको छ । आफ्नो चलचित्र रिलिज पछि त्यो भोजपुरी खेल्ने तयारीमा उनी छन् ।

बिराजको नयाँ फिल्म साङ्लो आगामी २४ माघबाट रिलिज हुने भएको छ । यो फिल्मको ट्रेलर पनि केही दिन यताबाट युट्युवको नेपाल ट्रेन्डिङमा उत्कृष्ट १५सम्म पुगेको छ । यो चलचित्रको उनको गीतले पनि राम्रो चर्चा पायो । जसका कारण यी अभिनेता यतिबेला उत्साहित छन् ।

अब फेरी भोजपुर फिल्मतिर जानेकी नेपालमा पनि काम गर्ने भन्ने व्युटी न्युज नेपालको जिज्ञासामा बिराजले दुबै तिर समय दिने बताएका छन्,‘पहिलाको जस्तो म पूर्ण रुपमा भोजपुरी फिल्ममा केन्द्रित हुने छैन । वर्षमा कम्तिमा एक, दुई वटा नेपाली फिल्म बनाउने र अभिनयसँगै निर्देशनलाई निरन्तता दिने लक्ष्य छ ।’

अभिनेता बिराजको बिगतको तुलनामा केही सयम यताबाट भोजपुरी फिल्म कम छ । पछिल्लो समय थुप्रै सफल अभिनेताहरु भोजपुरी फिल्ममा आएपछि बिराजको डिमान्ड भोजपुरी फिल्ममा बिस्तारै कम हुँदै गएको हो । यसै बिषयमा उनले भनेका छन्,‘पहिलाको जस्तो धेरै भोजपुरी फिल्ममा प्रस्ताव आउँदैन । उता पनि ठिकठिकै काम हुने गरेकाले अब यता पनि समय दिनसक्ने भएको छु ।’

अभिनेता बिराजले यसपटकबाट निर्माणसँगै निर्देशनमा पनि हात हालेका छन् । उनले अब निर्माणसँगै निर्देशनलाई पनि निरन्तता दिने बताएका छन् । यही चलचित्रबाट पूर्व मिस नेपाल निकिता चन्डकलाई डेब्यु गराएका बिराजको पनि यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् । उनले के नेपाली चलचित्र निर्देशन र अभिनय दुबैलाई निरन्तता देलाउन त ? त्यो भने आउँदो समयले देखाउने छ ।