चलचित्र ‘ब्या यानगु लच्छी मादुनी’को गीत रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं,१५ पुष

हस्य अभिनेत्री पल्पसा डँगोलले चलचित्र निर्देशनमा हात हालेकी छिन् । उनले आफ्नै भाषालाई चलचित्र मार्फत प्रोत्साहन गर्ने भन्दै नेपाल भाषाको चलचित्र ‘ब्या यानगु लच्छी मादुनी’ निर्देशन गरेकी हुन् ।
काठमाडौंमा एक समारोहबीच अभिनेत्री एवम् निर्देशक पल्पसाले यो नयाँ चलचित्रको एउटा गीतको भिडियो रिलिज गरेकी छिन् ।

उनले ‘छगु प्रेम या रँग…’ गीतको भिडियो रिलिज गरेकी हुन् । पल्पसाले आफ्नै छोरी लुनिभा डँगोललाई यो चलचित्रबाट डेब्यु गराएकी छिन् ।

यो गीतको भिडियोमा चलचित्रमा मुख्य अभिनेता मिलन श्रेष्ठ र अभिनेत्री लुनिभा डँगोलको अभिनय छ । विवाहपछि कतै घुम्न जाँदा यी जोडीले रोमान्स गरेको दृष्य यो गीतको भिडियोमा समेटिएको छ ।

यो गीतलाई जुजु बज्राचार्य र रानीशोभा महर्जनले गाएका हुन् । शब्द पनि जुजुकै हो भने यसमा सँगीत इन्द्र व्यन्जनकारको छ । यो गीतको भिडियोका छायाँकन र सम्पादन मनोजरत्न शाहीले गरेका हुन् । जसमा नृत्य निर्देशन भुवन श्रेष्ठको छ ।

यो चलचित्रमा मिलन, लुनिभा, रवि डँगोल, निर्मल शर्मा, पवित्रा खड्का, अज्जु डँगोल, मन्जु श्रेष्ठ, र पल्पसा आफैले पनि अभिनय गरेकी छिन् । फिल्मलाई दर्शनवीर शाक्यले लेखेका हुन् ।