निश्मा पहिलो मिस रतुवामाई


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

पछिल्लो समय मोफसलमा पनि सौन्दर्य प्रतियोगिताको क्रम बढेको छ । यसै क्रममा रतुवामाईमा सम्पन्न मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ को उपाधिको ताज पहिरिएकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसालि केसीले ताज लगाई दिएकि थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरे।

उपाधिसँगै श्रेष्ठले नगद रु ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । त्यस्तै पहिलो रनरअप रेश्मा श्रेष्ठ भइन । उनले नगद रू ३० हजार प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा दोस्रो रनरअप रेसु कालिकोटेले रू २० हजार प्राप्त गरिन्।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क दुर्गा बस्नेत , मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए।
विभिन्न स्थानवाट आएका जर्जहरूको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो । नविन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा जर्ज हुन । प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला खत्री, लिजा श्रेष्ठ, अन्जना तामांग, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।

सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल र रतुवामाई नगरपालिकाका मेयर ( उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौ दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको थियो। आफुले सोचेको भन्दा सफलतापूर्ण कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले बताए ।