मुरारी र टिकाको मायामा भिजु र एलिशाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुष

 गायक मुरारी गुरागाईं र गायिका टिका प्रसाईंले आफ्नो स्वरमा नयाँ गीत ‘माया मेरी गोरी गोरी…’ को भिडियो बजारमा ल्याएका छन् । जसमा भिजु कार्की र एलिशा शर्माको रोमान्स देख्न पाईन्छ ।

भिडियोमा यी जोडीले मोडलिङ गरेका छन् । गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन् । निर्देशक गम्भीरले भिडियो रोमान्टिक डान्सिङ नम्बरमा बनेको बताए । ‘रिभरसाइडको पाटीको फिल दिने कोशिस गरेको छु । गीतमा फ्रिस्टाइल छ र साल्सा डान्सको फर्म प्रयोग गरेको छु’, उनले भने, ‘साथी भाइ गेट टुगेदरमा देखिने रमाइलोपन भिडियोमा छ ।’

भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, सुबोल थापाको सह निर्देशन छ । काभ्रेको दोलालघाटमा छायांकन गरिएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ । यो गीतमा होम न्यौपानेको शब्द, टेकेन्द्र नेपालीको संगीत, साहस शाक्यको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ छ ।

गायक मुरारीले गीतको फ्लेभर अलिक फरक किसिमको भएको बताएका छन्,‘यो गीत वेस्टर्न पप फ्लेभरको डान्सिङ गीत हो । मैले अहिलेसम्म गाएका गीतमध्ये यो धेरै हिसाबले भिन्न छ ।’, मुरारीले भने,‘यो गीत स्पेनिस फ्लेभरको छ ।’