ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष
भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको नयाँ गीत ‘तिमीले बाटो फेरयौ अरे…२’को भिडियो रिलिज भएको छ ।
‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’सार्वजनिक गरिएको हो । ‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःखछ किन’मा पनि स्वर दिएका थिए ।
गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् । मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ ले युट्युवमा करोड भ्युअर्स पुग्नै लागेको छ । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता-दर्शकबी चिनिएका गीतकार दर्पण राई प्रितमको स्वरमा रहेको नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता-दर्शकको साथ पाउने बताउँछन् ।