ब्युटी न्युज नेपाल
काठमाडौं, ६ पुष

नेपाली चलचित्रको ट्रेलर पनि ले युटुबमा ट्रेन्डिङको पहिलो स्थानमा पुगेको बिरलै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात बढेको छ । अहिले पनि युटुब ट्रेन्डिङमा साउथका चलचित्रको दबदबा नै छ । त्यै पनि बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ ।

मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । धेरै दर्शकले चलचित्रको ट्रेलरले नै रुवाएको प्रतिक्रिया समेत दिएका छन् ।

शर्मिला पाण्डे निर्मित यो चलचित्रले एउटा ‘आमा’ले घर परिवार र सन्तानका लागि गर्ने संघर्ष र पीडाको कथा भन्छ । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

निर्देशक तथा लेखक दीपेन्द्र के खनाल भन्छन्–‘दर्शकबाट पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । तर, ट्रेलर रिलिज भएपछि दर्शकको अपेक्षा निकै बढेको छ । दर्शकको अपेक्षा अनुसारको चलचित्र पस्कनका लागि हामीले मिहिनेत गरेका छौ भन्ने लाग्छ ।’