केकीले छाडेको रोल वर्षालाई मन परेपछि


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

यतीबेला चलचित्र ‘झिँगेदाउ’मा व्यस्त रहेकी अभिनेत्री केकी अधिकारीलाई चलचित्र ‘चालबाज’ का निर्माताहरुले चाँडै झिँगेदाउ छाडेर सुटिङमा हिड्न दवाव दिएपछि उनले यो फिल्म छाडेकी छिन् ।

चलचित्र झिँगेदाउको यतीबेला काभ्रेमा छायाँकन भईरहेको छ । यो फिल्ममा केकीको छायाँकन पुरा गर्न अझै दुई साता लाग्ने सो चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाको कथन छ ।

कैलाश गुरुङले निर्देशन गरिरहेको चलचित्र चालबाजको अहिले दार्जिलिङमा छायाँकन भईरहेको छ । अभिनेत्री केकी सहभागी हुन नसक्दा सिनेमाको छायाँकन रोकिएको छ । सोही कारण कैलाशले केकीलाई फिल्मको छायाँकनमा चाँडै आबद्ध हुन दबाब दिईरहेको थिए ।

अभिनेत्री केकीलाई पनि चालवाजको भूमिका प्रति चित्त बुझिरहेको थिएन । सोहीकारण पनि उनले यो फिल्म छाडेकी हुन् ।

अभिनेत्री केकीले चलचित्र चालबाज छाडेपछि निर्माता अरुण तामाङले यो चलचित्रमा केकीका ठाउँमा अर्की अभिनेत्री वर्षा शिवाकोटीलाई अनुबन्धित गरेका छन् । फिल्ममा आफुलाई भनिएको भूमिका मन परेका कारण चालवाजमा अनुबन्धित भएको वर्षाले बताएकी छिन् । उनी यो चलचित्रको छायाँकनका लागि दार्जिलिङ जाँदैछिन् ।