वरिष्ट व्युटिसियन सोनी कारंजितद्धारा रिता व्युटिपार्लर उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ मँसिर

आधा दशकदेखि व्युटिसियन पेशामा सम्लग्न रिता महर्जनले व्युटिपार्लरमा काम गरेको तीन वर्षको अनुभवपछि काठमाडौंको किर्तीपुर स्थित अमृत नगरमा आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनले त्यहाँ रिता व्युटिपार्लर एन्ड कस्मेटिक सेन्टर सञ्चालन गरेकी हुन् ।

बरिष्ट व्युटिसियन तथा रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारंजित, काजल क्रिएसनकी अध्यक्ष एवम् फेसन डिजाईनर काजल शर्माले रिताको नयाँ व्युटिपार्लर रिता व्युटिपार्लर एन्ड कस्मेटिक सेन्टरको बिहिबार दिउँसो रिवन काटेर सँयुक्त रुपमा उद्घाटन गरे ।

बरिष्ट व्युटिसियन सोनी कारंजितले रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा लामो समय व्युटिपार्लर सम्बन्धि प्रशिक्षण लिएर केही समय अन्य व्युटिपार्लरमा काम गरेपछि रिताले नयाँ पार्लर खोलेकोमा उनलाई उद्घाटन समारोहमा हार्दिक वधाई दिईन् । व्युटि सम्बन्धि हरेक सेवा कुशलताका साथ दिन सक्ने रिताले नयाँ पार्लर खोलेर आफुलाई अत्म निर्भर बनाएकोमा साह्रै खुसी लागेको उनले बताईन् । वरिष्ट व्युटिसियन सोनी कारंजितले रिता महर्जनलाई यो पार्लरको सफलताको लागि शुभकामना दिँदै किर्तिपुर क्षेत्रमा एउटा सुविधा सम्पन्न व्युटिपार्लर रिताले सुरु गरेकाले सो क्षेत्रका सौन्दर्य पारखीहरुलाई यो पार्लरमा आएर सेवा लिन आग्रह गरिन् ।

फेसन डिजाईनर काजल शर्माले पनि रिताको रिता व्युटिपार्लर सुविधासम्पन्न भएको वताउँदै यो पार्लरले अमृतनगर क्षेत्र र किर्तिपुर आसपासका ग्रहकलाई राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

‘सोनी म्याडमबाट प्रशिक्षण लिएपछि म मा आफैं पार्लर चलाउन सक्छु भन्ने आत्म विश्वास बढ्यो । त्यसपछि केही समय अन्य पार्लरमा काम गरेर आफुलाई अझ परिपक्क बनाएपछि आजबाट आफ्नै सुविधा सम्पन्न पार्लर सञ्चालनमा ल्याएकी हुँ ।’ रिताले उद्घाटनका क्रममा भनिन् ।

सो समारोहमा अतिथिको रुपमा व्युटिसियन दीपा सुवेदी, सञ्चारकर्मी, गायिका एवम् व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की विजेता व्युटिसियन सरिता भारती लगायत विभिन्न व्युटिसियन र रिताका आफन्तहरु थिए । सबैले रितालाई नयाँ पार्लरको सफलताको कामना ब्यक्त गरे ।