ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मँसिर
पछिल्लो आधा दशकबाट नेपाली म्युजिक भिडियोमा निकै चर्चा कमाएको डान्स ग्रुप ‘कार्टुन क्रु’ यतीबेला छिन्न भिन्न भएको छ । कार्टुन क्रुज समुहबाट आफुहरु बाहिरिएको भन्दै यो समुहका सक्रिय कलाकार लाक्पा लामा, राम गुरुङ, सुविन चौहान र साजन चौहानले एउटा भिडियो नै रिलिज गरेका छन् । आफुहरुमाथि कार्टुन क्रुका नायक र नायिका भनिएको सारोज अधिकारी र आश्मा विश्वकर्माले आर्थिक देखि श्रम शोषणा गरेको भन्दै कार्टुन क्रु जोड्नु परेका यी चार कलाकारले भिडियो कन्भर्सेसन बाहिर ल्याएको छन् ।
यसैबीच कार्टुन क्रुबाट आफुसँग सम्पूर्ण हिसाव लिएको सम्झौता पत्र सरोजले सार्वजनिक गरेका छन् । सो साम्झौता पत्र अनुसार गत साता ११ मँसिरमा लाक्पा दोर्जो लामाले सुरुमा ७ लाख रु पछि २ लाख ३० हजार रुपैयाँ आफ्नो शेयर लिएका छन् । सो शेयर लिएको कागज यस्तो छ । लाक्पा ११ मँसिरबाट यो समुहदेखि बाहिरिएका हुन् ।
यस्तै साजन चौहानले बिगतको सम्पूर्ण शेयर काटेर लिनु पर्ने बाँकी ५० हजार रुपैयाँ लिएको र कार्टुन क्रु छाडेको सम्झौता ८ मँसिरमा सरोजसँग गरेका छन् । मँसिर ५ गते नै सुविन चौहानले बिगतमा सबै लिएको पैसा काटेर आफ्नो शेयर बापतको तीन लाख रुपैयाँ लिएर कार्टुन क्रु छाडेको सम्झौता गरेका छन् । यस्तै ५ मँसिरमै आफ्नो सबै शेयर लिएर कार्टुन क्रु छाडेको साजन चौहानले सम्झौता पत्र अनुसार ३ लाख रुपैयाँ लिएका छन् । तर अहिले उनीहरुले कत्ति पनि पारिश्रमिक नलिएको दाबी आफ्नो भिडियोमा गरेका छन ।
कार्टुन क्रुलाई यहाँसम्म ल्याउनुमा तथा सरोज र आश्मालाई चिनाउनमा उनीहरुको जत्ति मेहनत छ, लाक्पा लामा, राम गुरुङ, सुविन चौहान, साजन चौहानको पनि त्यतिकै सहयोग छ । अझ कार्टुन क्रुका सँस्थापक सविन कार्की बिष्टको त कार्टुन क्रु बनाउनमा झनै ठुलो हात छ । तर यतीबेला आफुहरुमाथि आर्थिक लगायत विभिन्न शोषण भएको र केही पनि नलिई आफुहरुले यो टिम छाडेको भन्दै यी चार जनाले भिडियो सार्वजनिक गरेको बेला सविनले उनीहरुसँगको सम्झौता पत्र ब्युटी न्युज नेपाललाई उपलब्ध गराएका हुन् ।
यी चार जनाको भनाई अनुसार साथीहरुसँगको बिबाद र इगोका कारण कार्टुन क्रुमा अहिले सरोज र आस्मा मात्र बाँकी छन् । तर यो कुरा मान्न सरोज र आश्मा तयार छैनन् । आफुहरुसँग यी चार जनाले कार्टुन क्रुमा रहँदाको सम्पूर्ण कारोबारको हिसाव किताव गरेर पारिश्रमिकसँगै सबै शेयर लिएको सरोजले बताएका छन् । लाक्पा लामा, राम गुरुङ, सुविन चौहानले आफुहरुसँग सबै पैसा लिएको सम्झौता कागज पनि सरोजले सार्वजनिक गरेका हुन् ।
हुन पनि तीन वर्ष अघि नै कार्टुन क्रुबाट क्रिएटिभ डिरेक्ट, आर्टिस्ट, क्यामेरा पर्सन तथा एडिटर सविन कार्की गुमाएका सरोज र आश्माले यतीबेला आफ्ना बाँकी चार साथी पनि समुहबाट गुमाएका छन् । मै खाउँ, मै लाउँ, मै मोजमस्ती गरौं, बाँकी अरु साँधै भोकमरीमै मरुन भन्ने उखानलाई चरितार्थ गर्ने सरोज र आस्माको प्रबृतिले आफुहरुले बर्षैैं देखि मेहनत गरेर बनाएको कार्टुक क्रु जस्तो समुह यतीबेला आएर खाली हात छाड्नु परेको लाक्पा, राम, सुविन र साजनले बताएका छन् ।
आफुहरुलाई सँधै कार्टुन क्रुको कोरश डान्सर मात्र बनाउने, सरोज र आस्मा उनीहरुको मात्र फेस भ्यालु छ, तिमीहरुको छैन भनेर यी चार कलाकार भन्ने र सम्पूर्ण आर्थिक कारोबार आफुहरुले नै गरेर हिसाब किताव प्रस्ट नदेखाई आफुहरुलाई सँधै आर्थिक शोषण गर्ने जस्ता कारणले गर्दा कार्टुन क्रु छाड्नु परेको यी चार सदस्यहरुको भनाई छ । यी चार जनाले यतीबेला कार्टुन क्रु छाडेपछि सारोज अधिकारी र आस्मा विश्वकर्मा अहिले कार्टुन क्रुमा दुई जनामात्र भएको आरोप लगाएका छन् । सरोजका एक जना सल्लाहकारका अनुसार अब कार्टुन क्रुलाई सरोज र आस्माले चलाउने छन् । कार्टुन क्रुमा उनीहरुले तत्काल अब कोही पनि राख्ने छैनन् ।
यो डान्स गु्रप कार्टुन क्रुको नाम, परिकल्पना र स्थापना सविन कार्की ‘विष्ट’ हुन् । उनले नै आफ्नो नृतृत्जवमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम गुरुङ, लाक्पा लामा र सुविन चौहानलाई राखेर यो समुह स्थापना गरेका हुन् ।
तर कार्टुन क्रुका पहिलो शिकार उनी भए । त्यसैले उनले तीन वर्ष अघि नै यो समुह छाडेर स्वतन्त्र रुपमै म्युजिक भिडियोहरु गदै आए । त्यो भन्दा अघि कभर भिडियोहरु बनाएर चर्चा कमाएको कार्टुन क्रुका भिडियो निर्देशन, छायाँकन, सम्पादन सबै सविनले गर्थे ।
सोही क्रममा सन २०१७ अप्रिलमा गायक अल्मोडा राना उप्रेतीको गीत फ्यान्ट्यास्टिक अन्डरफुल…को यो समुहले बनाएको कभर भिडियो हिट भएपछि निर्देशक रामबाबु गुरुङले उनीहरुलाई चलचित्र ‘पूरानो डुंगा’को गीत ‘नीर जहिल्यै रिसाउने…’को कभर भिडियोको बनाउन दिएका थिए । सविनले नै फाईनल गरेको सो भिडियोमा आपसी विवाद भएपछि परीक्षा छ भन्दै सविन भिडियोबाट बाहिरिए ।
पुरानो डँुगाको यो भिडियो बनाएको ६ महिनापछि निर्देशक शँकर कार्कीले चलचित्र रोमियोको ल्याङल्याड…गीतको कभर भिडियो बनाउने जिम्मा सरोजलाई दिए । सरोजले त्यो भिडियोमा आफु र आश्मालाई लिड राखेर सविनलाई अभिनयको भूमिका दिएनन् । त्यो भिडियोको क्यामेरा म्यान मात्र बन्न आफुलाई सरोजले प्रस्ताव ल्याएपछि मन दुखेर कार्टुन क्रु नै छाडेको सविन कार्कीले बताएका छन् । त्यसपछि समुहबाट बाहिरिएको सविनले स्वतन्त्र रुपमा भिडियो बनाउँदै आएका छन् ।
सरोज पछि यो टिमबाट विकाश राई बाहिरिएका हुन् । बिकाश बाहिरिएपछि टिममा सुविनले साजन चौहानलाई ल्याएका हुन् । अहिले कार्टुन क्रुको आफ्नै लोकप्रिय युट्युव च्यानल छ । उनीहरुसँग सुटिङको लागि सबै इक्युप्मेन्ट छ । सुटिङ स्टुडियो छ । यो सबै खरिद बापतको शेयर बाँकी साथीहरुले लिएर उनीहरु कार्टुन क्रुबाट बाहिरिएको सरोज अधिकारीले बताएका छन् ।
अहिले सरोज र आस्माले एउटा भिडियोमा मोडलिङ गरेको कम्तीमा १ लाख ५० हजार पारिश्रमिक लिन्छन् । उनीहरुले एउटा भिडियोको सम्पूर्ण निर्माण ६ देखि १० तथा १२ लाख रुपैयाँसम्ममा जिम्मा लिन्छन् । यता कार्टुन क्रुको युटयुब च्यानले कम्तिमा मासिक ५÷७ लाख रुपैयाँ कमाउन थालेको छ । यसरी पछिल्लो समय सरोज र आस्मा मोडल मात्र नभएर भिडियो निर्माता निर्देशकको रुपमा समेत सक्रिए भएका छन् । आस्मा र सरोज लोकप्रिय भएपछि आफुहरु कोरशमा सिमित भएको भन्दै लाक्पा, राम, सुविन र साजनले अहिले कार्टुन क्रु छाडेका दाबी गरेका छन् ।
लाक्पा, राम, सुविन र साजनले आफुहरुलाई सरोज र आस्माले शोषण गरेको भन्दै भिडियो बयान सार्वजनिक गरेपछि दर्शकले सरोज र आस्मालाई व्यापक गाली गरेका छन् । यी दुईले लिडरसिप राम्रो गर्न नसक्दा र स्वार्थी बन्दा समुह फुटेको धेरैले बताएका छन् । आफूमात्र भिडियोमा अगाडि देखिनाले पनि उनीहरुले छोडेर प्रतिक्रिया दर्शकको छ ।
लाक्पाकै च्यानलबाट सार्वजनिक भएको भिडियोमा लाक्पा, राम, सुविन र साजनले सरोज र आश्माप्रति निकै रिस पोखेका छन् । युट्युब कमाइदेखि डान्स स्टुडियोबाट आएको पैसाको हिसाब आफूहरुलाई नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।
सार्वजनिक भिडियोमा भनिएको छ–‘हामीले पैसाको हिसाब माग्यो भने अनेक बहाना बनाउथ्यो । स्टुडियोबाट आएको पैसा माग्यो भने रिसेप्सनलाई सोध भन्थे । रिसेप्सनको काम त पैसा उठाउने मात्र हो नि । आखिर लिने त सरोज नै हुन् नी । उनले कहिल्यै पैसाको हिसाब देखाएनन् ।’ यत्रो डेढ वर्षसम्मको कमाई आफूले ५० हजार मात्र पाएको भन्दै उनीहरुले भिडियोमा भनेका छन् । ‘सविन दाई हाम्रो समुह लिडर हुनुहुन्थ्यो । तर, उहाँलाई छोडेर अरुको विश्वास गर्नाले हामीबाट गल्ती भएको हो ।’ उनीहरुले भिडियोमा सविन र कार्टुन क्रुलाई धन्यवाद पनि भनेका छन् ।
तर त्यो कुराको सरोज र आस्माले खन्डन गरेका छन् । उनीहरुले लिएको सम्पूर्ण पैसाको हिसाव किताव लिएको र आपसी सहमतिमा कागज गरेर टिम छाडेको तथ्य भिडियो आफुले सार्वजनिक गर्ने सरोज अधिकारीले बताएका छन् ।