दर्शकको रोजाई बन्दै कमेडी च्याम्पियन


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मँसिर

पछिल्लो समय स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ’कमेडी च्याम्पियन’ ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसंगै यसको लोकप्रियता बढ्दो छ ।

शोमा निर्णायकको रुपमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । यतिबेला टप १५ छनौट भईसकेका छन् ।

कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसंगै ट्रेन्डिङमा मात्र परेको छैन् । सार्वजनिक दुइ एपिसोडको भ्युज १० लाख बढी छ ।

स्वदेशी कन्सेप्टमै तयार शोले पाएको माया देखेर यतिबेला टिम हौसिएका छन् । शो कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको छ भने युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा उपलब्ध हुने गरेको छ ।

हालसम्म यसको ४ एपिसोड सार्वजनिक भएका छन् , जस मध्य १ र २ को भ्युज १० लाख बढी छ भने , ३ र ४ को पनि दुइ दिनमै क्रमश स् ७ लाख र ५ लाख माथि छ ।

‘दर्शकले दिनु भएको मायाले झनै दायित्व थपेको छ’ शो निर्देशक विशाल भण्डारीले भने,‘क्वालिटीको कन्टेन दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’ यसलाई कमेडी च्याम्पियनले पनि केहि हदसम्म प्रमाणित गरेको छ ।

यसैले गर्दा अघिल्ला शोमा देखिएको केहि कमीकमजोरीलाई दर्शक तथा शुभेच्छुककै सल्लाह अनुसार आउँदो एपिसोडबाट समाधान गर्ने प्रयास गरिएको समेत निर्देशक भण्डारीले बताएका छन् ।

अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार भईरहेको छ । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् ।