वेब सिरिज ‘लभ यू’ मा दिव्य र सरिताको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मँसिर

वेब सिरिज हेर्ने क्रम फस्टाएकोमा नयाँ वेब सिरिज ‘लभ यू’ पनि निर्माण भएको छ । म्यूजिक भिडियो निर्देशक मनोज विस्टले यो वेब सिरिजको निर्देशन गरेका हुन् । यसको कथा मन्दिप गौतमले लेखेका हुन् ।
चाँडै छायांकनमा जान लागेको ‘लभ यू’ वेब सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ । निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ श्रृंखला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।

युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ ।