ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मंसिर

नेपाली फेसन डिजाईनर आभानी सिंहले अमेरिकाको टेक्सस सहरस्थित युलेशमा ‘आभानी बुटिक’ सञ्चालनमा ल्याएकी छिन् । पछिल्लो समय फेसन बजारमा प्रतिस्पर्धा भइरहेका बेला फेसन पारखीको चाहनाअनुरुप डिजाइन र सेवा दिने उद्देश्यसहित बुटिक सञ्चालनमा ल्याएको सञ्चालक आभानी सिंहले बताइन् ।

शनिबारदेखि टेक्ससस्थित युलेसको ६०१ क्यारोल–वेमा सञ्चालनमा आएको उक्त बुटिकमा बच्चादेखि बृद्धा सम्मका लागि हुने डिजाइनर सिंहले बताइन् । उनले भनिन्, ‘हामी सबै खाले पहिरन बुटिकमा तयार पार्नेछौँ । गुणस्तर र कपडाको क्वालिटीमा समेत कुनै कम्प्रमाइज गर्ने छैनौँ ।’

उनका अनुसार पछिल्लो सयम नेपाली बजारमा चलेको तथा अन्तर्राष्ट्रियस्तरमै चलेका फेसन डिजाइन बुटिकमा उपलब्ध हुनेछ । बुटिक सञ्चालनमा आएसँगै फेसन पारखीका लागि फिट एन्ड फाइन पहिरन आफनै ठाउँमा उपलब्ध हुने भएपछि हर्षित भएका छन् ।

युलेसमा बसोबास गदै आएकी समाजसेवी सिर्जना शर्मा पोखरेलले बुटिक सञ्चालनमा आएपछि आफूले भने जस्तो पहिरन खोज्न बजार डुलिरहने झन्झटबाट मुक्त भएको सुनाइन् । ‘अब आफनै ठाउँमा खुलेको बुटिकले हामीहरुको चाहना पुरा गर्नेछ’ उनले भनिन् । बुटिक सञ्चालनमा आएसाग्ै फेसन पारखीको आगमन पनि बढदै गएको डिजाइनर सिंहले बताइन् । टेक्ससमा हुने मोडलिङ कन्टेष्ट, फेसन शो, ब्युटि कन्टेष्टहरुमा अब बुटिक आभानीको डिजाइनहरुले फेसनको अभाावमा परिपूर्ति गर्ने भएको छ । नेपालमा सात वर्षदेखि आभानीले बुटिक सञ्चालनमा रहेको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको जी–२६ तल्लो तलामा रहेको आभानी बुटिक लोकप्रिय छ ।