साहित्यकार कर्णबहादुरका दुई कृति बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मँसिर

दिवँगत साहित्यकार कर्णकुमार श्रेष्ठका दुईवटा कृतिहरूको काठमाडौंमा एक समारोहबीच विमोचन गरिएको छ । पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गरी नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हास्यव्यङ्ग्यमा लामो समयदेखि कृयाशील लेखक श्रेष्ठको ‘उस्तै उस्तै मान्छ’े (साहित्यिक संगालो) र मनको सागर (गीति सँग्रह) काठमाडौंमा विमोचन गरिएको हो ।

सो कृतिको वरिष्ठ चलचित्र निर्देशक एवम् गीतकार यादव खरेल, प्रकाश सायमी, सँगीतकार राजु सिंह, कवि लक्ष्मण गाम्नामेलगायतले बिमोचन गरे ।

कार्यक्रममा बोल्दै बरिष्ट गीतकार खरेलले दिवँगत साहित्यकार श्रेष्ठको सृजनालाई उनका परिवारले यसरी बाहिर ल्याउनु सारहनीय कार्य भएको बताए । श्रेष्ठका गीतहरु ओजिला भएको पनि खरेलले बताए ।
विमोचन कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतित्वमाथि साहित्यकारहरू प्रकाश सायमी, लक्ष्मण गाम्नागे, ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंहले प्रकाश पारे ।

गत वर्ष दिवंगत भएका साहित्यकार श्रेष्ठले लामो समय शिक्षा क्षेत्रमा योगदान दिनुका साथै साहित्य लेखनका अतिरिक्त चित्रकला र सामाजिक सेवाको क्षेत्रमा पनि महङ्खवपूर्ण योगदान पु¥याएको बक्ताहरूले बताए ।

लेखककी छोरी बुनु श्रेष्ठले प्रकाशन गरेको पुस्तक उस्तै उस्तै मान्छे लेखकका विभिन्न समयका हास्यव्यङ्ग्य, लघु कथा र कविताहरूको संग्रह हो । यसअघि लेखक श्रेष्ठका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा बिमोचित मनको सागर गीतिसँग्रहमा रामकृष्ण ढकाल, शिव परियार, अन्जु पन्त, बुनु श्रेष्ठ लगायतका कलाकारहरुले स्वर दिएका छन् ।