दीपेश बिक्रमसँग विवाहको तयारीमा ऋचा, 


ब्युटी न्युज नेपाल

काठमाडौं, १६ मँसिर

अभिनेत्री ऋचाले यही साता विवाह गर्दैछिन् । उनले आफ्ना प्रेमी दिपेश बिक्रम राणा अर्थात दीपेक्ष्यसँगै यसै साता विवाह गर्न लागेकी हुन् । करिब दुई वर्ष लामो प्रेम सम्बन्धि पछि अभिनेत्री ऋचाले आफ्नो सम्बन्धलाई वैवाहिक जीवनको रुपमा परिणात गर्न लागेकी हुन् । ऋचा र दीपेश पछिल्लो एक वर्षदेखि डेटिङमा पनि थिए ।

सन २०१९ को नयाँ वर्ष उनीहरुले पोखरामासँगै मनाएका हुन् । त्यसपछि उनीहरुको प्रेम झनै प्रगाढ हुँदै गएको हो । क्युएफएक्स ग्रुपले ललितपुरको पुल्चोकमा लबिम मल सुरु गरेपछि त्यहाँको जनरल म्यानेजर भएका दीपेशसँग ऋचाको सोही क्रममा परिचय भएको हो ।

अभिनेत्री ऋचाको विवाह २१ मँसिरमा गरिने भएपछि चलचित्र हिजो आजका कुरामा उनको छायाँकन सम्पन्न गरिएको छ । हिजो आजका कुराका निर्देशक साकार पन्त अनुसार ऋचाको विवाहको सपिङ लगायत विभिन्न तयारी गर्नु पर्ने भएकाले उनको पार्टको छायाँकन पाँच दिन अघि  सम्पन्न गरिएको छ ।

चलचित्र हिजो आजको कुराको छायाँकन पुरा गरेकी अभिनेत्री ऋचाले उता कमेडी च्याम्पिएनको पनि ६ भागको छायाँकन पुरा गरिसकेकी छिन् । आफ्नो सम्पूर्ण छायाँकन सकेर उनी अहिले विवाहको सपिङसँगै विवाह समारोह र पार्टीको तयारीमा छन् । हुन त दीपेश आफैं सफल इभेन्ट म्यानेजमेन्ट हेर्ने व्यक्ति भएकाले पनि ऋचालाई विवाहको तयारीका लागि दीपेशको साथ छ ।

 अभिनेत्री ऋचा अब कम्तिमा एक महिना विवाह समारोह र त्यसपछिको पारिवारिक भेटघाट एवम् घुमघाममा व्यस्त हुने भएकी छिन् । त्यसपछि मात्र सिनेमाको काममा फर्कने छिन् ।

अभिनेत्री ऋचाले विवाह गर्ने खुसीयालीमा गत कात्तिकको दोश्रो सातामा आफ्ना साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिईन् ।  विवाह अघि विवाहको पूर्वतयारी स्वरूप दिईने पार्टीलाई ब्याचरल पार्टी भनिन्छ । पोखरामा दिइएको ब्याचरल पार्टीको तस्बिर ऋचाले सार्वजनिक गरेपछि उनको विवाह हुँदैछ भन्ने जानकारी आम सिनेकर्मीले पाएका थिए । उनले पोखरामा दिएको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए ।

अभिनेत्री ऋचाले आफू मंसिरमा वैवाहिक सम्बन्धमा बाँधिने बताउँदै आएकी थिईन् । तर, कोसँग आफ्नो विवाह हुने भन्नेबारे खुलासा गरेकी थिईनन् । ललितपुरको जाउलाखेलमा रहेको लबिम मलका जनरल म्यानेजर दीपेश बिक्रम राणासँग उनी पछिल्लो समय प्रेम सम्बन्धमा थिईन् । दीपेशसँगै उनको विवाहको तयारी भईरहेको ऋचाका साथीहरुले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् । तर अभिनेत्री ऋचाले राणालाई आफ्नो प्रेमी भनेर सार्वजनिक रुपमा चिनाएकी छैनन् ।

दीपेश बिक्रम राणा को हुन भन्ने यहाँहरुले जासो देखाउनु भएको थियो । काठमाडौंको दीपेश बिक्रम राणा म्यानेजमेन्टका विज्ञ हुन् । सिँगापुर होटर एन्ड टुरिजम एजुकेशन सेन्टर सिँगापुरबाट सन २००५ मा होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका दीपेशले जोनसन एन्ड वेल्स युनिभर्सिटीबाट सन २०१० मा विजनेश एड्मिनिस्ट्रेसन फाईनान्स एन्ड मार्के्टिङमा मास्टर डिग्री गरे ।

उनले होटल म्यानेजमेन्ट र इभेन्ट म्यानेजमेन्टमा करिब १४ वर्ष काम गरिसकेका छन् । दीपेश बिक्रम राणा बिगत तीन वर्ष देखि लविम मल ललितपुरमा जनरल म्यानेजरको रुपमा कार्यरत छन् । उनी त्यसअघि दुई वर्ष होटल अन्नपूर्णको फुड एन्ड वेभरेज डिरेक्टर थिए । उनले अन्नपूर्ण होटलमा फुड एन्ड वेभरेज म्यानेजरको रुपमा करिअर सुरु गरेका थिए । त्यसअघि उनले आईल्याण्डको स्टेट अल्ट्रा लाउन्जमा जनरल म्यानेजर भएर साँढे तीन वर्ष काम गरिसकेका थिए ।

दीपेशले सन २००५ मा होटल साँग्रिलाबाट सेल्स एन्ड मार्के्टिङ अफिसरको रुपमा करिअर सुरु गरेका थिए । सन २००७ मा उच्च शिक्षाको लागि आईसल्याण्ड पुगेका दीपेशले आधा दशक आइसल्यान्डमै एन्डिनो रेस्टुरेन्ट, फ्याटी म्याकगी जस्ता रेष्टुरेन्टमा म्यानेजर भएर काम गरे । सोही क्रममा उनी स्टेट अल्ट्रा लाउन्जमा जनरल म्यानेजर भएका हुन् ।