दर्शकको मन जित्दै सरौतोको एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मँसिर

गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’सरौतो’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ ।

अभिनेत्री सुमी मोक्तानको एक्सनको चर्चा पनि अहिले उत्तिकै छ । सुमीले एक्सन गर्ल बन्न नै निकै परिश्रम गरेकी थिइन् । झन्डै २ वर्षको मार्शल आर्ट सिकाइ र फिटनेशपछि उनले आफुलाई सो भूमिकाको लागि फिट बनाइन ।

बदलापूर्ण कला बोकेको एक्सन प्रधान यो फिल्मको प्रस्तुतीकरणको चर्चा दर्शकले गरेका छन् ।

छायाँकार हरि हुँमागाईंको डेव्यु निर्देशन रहेको फिल्मको एक्सन र सस्पेन्सलाई विशेष गरी रुचाइएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मलाई सेलेब्सले पनि उत्तिकै रुचाए । रिलिजकै दिन फिल्म ‘सरौतो’को विशेष शो राखिएको थियो । जहाँ मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे लगायतले फिल्म बारे सकारात्मक प्रतिक्रिया दिए ।

यसमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह, आमिर गौतम , अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ ।
यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ । भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।