सिमरन र निश्चल बने रनवे ड्रिम्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले ८ प्रतियोगिलाई पछि पार्दै केटी तर्फ र निश्चलले १९ प्रतियोगिलाई पछि पर्दै केटा तर्फको शिर्ष उपाधि बिजेता बनेका हुन् । कार्यक्रममा दुबै बिजेताले आयोजकको तर्फबाट नगद एकलाख बराबरको बिभिन्न अवसरका प्याकेज हात पारेका छन् ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार अबेर साँझ थापाथली स्थित ब्लुस्टार इभेन्टस्मा सम्पन्न प्रतियोगितामा केटी तर्फ दिब्या शाह फष्टरनरअप र रीना गर्सियता सेकेन्ड रनरअफ चुनिदा केटा तर्फ मनोज मान फष्टरनर अप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित भए ।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भबिश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्य रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’की सिइयो मन्जु ढकालले बताइन् ।

सौदर्य प्रतियोगितामा फोटो जेनिक दिब्या शाह, कृतज्ञ थापा, मोष्टपपुलर सुस्मा थापा, सरोज राई, बेष्टवाक रीना गर्सियत, मनोज मान, बेष्टफ्रेण्डसिप प्रशान्त शाह, बेष्टस्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेष्टइष्टाइलिस निश्चल न्यौपाने, रचना कार्की, बेष्टफिजिक सुनिल राई, सिमरन चौधरी, बेष्टट्यालेन्ट रोसन सुनाम, रन्जना कठायत, बेष्टफर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत घोषित भएका थिए ।

गायक राजबाबु नेपालको गीत, रुपा राउतको नृत्य सहित सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको संचालक तथा कोरियोग्राफर रोजिन शाक्य रहेका थिए थेन्दुप शेर्पा ग्रुमर पसएनालिटीका रुपमा रहेका थिए ।