जापानमा प्रदर्शन गरियो चलचित्र मारुनी


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

चलचित्र ‘मारुनी’को जापान प्रदर्शनीका लागि अभिनेता पुष्पल खड्का र निर्माता पूनम गौतम जापान पुगेका छन् । यो चलचित्रको शनिबार जापानमा प्रदर्शन गरिएको छ । जापानको नागोया फुसीको मिलिओन थिएटरमा यो चलचित्रको प्रदर्शन गरिएको हो ।

चलचित्र हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन् । नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई जापानका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका थिए ।

चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । चलचित्रको शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन् ।

यसैविच, यो चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि यो चलचित्रको प्रदर्शन हुन लागेको हो ।