७५ हलबाट आयो सरौंतो


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

चलचित्र ‘सरौतो’ शुक्रबार १३ मंसिर (आज)बाट मुलुकभरका सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रलाई निर्देशक हरि हुमागाईंले निर्देशन गरेका हुन् । यसअघि छायाकारका रूपमा काम गर्दै आएका हरिले यही चलचित्रबाट निर्देशनमा हात हालेका छन् ।

आफ्नो चलचित्र काठमाडौंको क्युएफएक्स देखि मोफसलका ७५ ओटा भन्दा बढी चलचित्र घरबाट रिलिज भएको छ । यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, युवराज लामा, विजय लामा, धिरेन शाक्य, अरुणा कार्की, सुवाम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोयसहितको अभिनय छ ।

सरौंतोमा अभिनेत्री सुमी मोक्तान एक्सन प्रधान मुख्य भूमिकामा छिन् । कान सुन्न नसक्ने यी पात्रले यही चलचित्रको लागि ६ महिना सांकेतिक भाषा र आठ महिना मार्सलर आर्ट सिकेकी थिइन् । सोही भाषामा आफूले यो चलचित्रमा अभिनय गरेको र आफू पूर्ण एक्नस रूपमा रहेको पनि सुमीले बताएकी छन् ।

सुमी मोक्ता अभिनेत्री सुमीले भनिन्, मेरो चरित्रका लागि चाहिने सबै मेहनत मैले गरेकी छु । मैले सांकेतिक भाषा मात्र होइन फाइट पनि सिकें ।’ निकै मेहनत गरेर मैले आफूलाई यो चरित्रका लागि तयार गरेको उनले बताइन् ।

दुई गीत ‘कुले दाइ…’ ‘केही आधा…’ रिलिज भएपछि चर्चा कमाएको चलचित्र सरौंतो एक्सनप्रधान सिनेमा भएको निर्देशकले जानकारी गराए ।

सरौंतोमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन छ । जसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीले संगीत दिएका छन् ।