काठमाडौं आसपासमा भूकम्पको कडा धक्का


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

आज बुधबार राति १० बजेर ८ मिनेटमा आएको भूकम्पको कडा धक्क महसुस काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपालचोकल लगायतका जिल्लामा गरिएको छ । कडा धक्काको महसुस भएपछी सर्वसाधारण घर बाहिर निस्केका छन् । तर केही छिन पछि साम्य भएपछि मानिसहरु फेरी घरभित्र पसेका छन् ।

सिन्धुपालचोकको फुल्पिङकोटमा सेन्टर पारेर राती १० बजेर ८ मिनटमा ५ म्याग्निच्यूड भूकम्प गएको हो । यो भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प भएको रािष्ट्रय भूकम्प मापन केन्द्रद्धारा जानकारी गराईएको छ । अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन । विवरण आउन बाँकी छ ।

यता अहिले भूकम्पको बारेमा सामाजिक सञ्जालमा ठुलो बहस भएको देखिएको छ । २०७२ सालको भूकम्पको त्रास र पीडाले पनि यतिठुलो बहस भएको हो ।