मिष्टर नेपालको खोजी मोफसलबाट सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

‘मिष्टर नेपाल २०२०’को नयाँ मिष्टर नेपाल खोजी सुरु भएको छ । आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिष्टर नेपालको खोजी सुरु गरेको हो ।

गत कात्र्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको धनगढी, बिरगन्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो । बिरगन्ज अडिसनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छानिन सफल भएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । दुबै अडिसनमा दुई दर्जन बढी सहभागी रहेका थिए ।

एक्सपोज नेपालकी सिइयो अर्चना थापा, रबिन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज बर्णवाल, सन्तोष लगायतक छनौट चरणको निर्णायकमा रहेका छन् । प्रतियोगिताको छनौट चरणको अडिसन १० मँसिर मंगलबार बुटवलमा भयो । अब १२ मँसिरमा पोखरा र १४ मँसिरमा काठमाडौमा आयोजना हुनेछ । काठमाडौ अडिसन पछि छनौट चरणको अडिसन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड २०२०मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।