ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

गायिका सुजाता पाण्डेले आफ्नो नयाँ गीत तिमी भएर…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । नेपाल आइडल सिजन १ मा उत्कृस्ट पाँचसम्मको यात्रा तय गर्ने एकमात्र महिला प्रतियोगी यी गायिका आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् । सुजाताले यसपटक रोमान्टिक शैलीको तिमी भएर गीत सार्वजनिक गरेकी हुन् ।

 

गीतको म्युजिक भिडियोमा नायिका तथा मोडेल वर्षा सिवाकोटी र मोडेल सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् । जय शर्मा सहायक निर्देशक रहेको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

यसघि आधुनिक र फिल्मका गीतमा समेत आफ्नो स्वर दिसकेकी गायिका पाण्डेले यसपटक गायक कमल खत्री सँग युगल गीत गाएकी हुन् । यस गीतमा शब्द र संगीत संगीतकार अर्जुन पोखरेलको छ । गीतको संगीत संयोजन बाबु प्रधानले गरेका हुन् ।